२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गर्ने भएको छ ।

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँगको छलफलमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने तर धन्यवाद प्रस्तावका लागि बस्ने बैठक चल्न नदिने पार्टीको निर्णय भएको जानकारी गराउनु भयो ।

राष्ट्रिय सभा अध्यक्षको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ। छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो।

बैठकमा अध्यक्ष नारायण दाहालले भन्नुभयो( राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो हुँदैन। हामी आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरूरी छ।

प्रतिनिधि सभामा हुने सहमतिरअसहमति उहाँहरूले उतै मिलाउनु हुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।