५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपपछि भारतीय क्रिकेट टोलीमा ठूलो परिवर्तन हुने पक्का छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।

सोमबार बीसीसीआईले एक्स (पहिले ट्विटर)मा यो जानकारी दिएको हो । बोर्ड सचिव जय शाहले हालै एक बयान दिएका थिए कि टीम इंडियाले टी–२० विश्वकप पछि नयाँ प्रशिक्षक पाउनेछ ।

अब हालका प्रशिक्षक राहुल द्रविडले फेरि आवेदन दिन्छन् कि दिँदैनन् त्यो हेर्न बाँकी छ । यदि उनले आवेदन दिएनन् भने भारतीय टोलीले नयाँ प्रशिक्षक पाउनेछ ।

गत वर्ष एकदिवसीय विश्वकपपछि द्रविडको सम्झौता समाप्त भएको थियो । तर, त्यसपछि बीसीसीआईले उनीसँग कुरा गर्‍यो र उनलाई यो वर्ष हुने टी–२० विश्वकपसम्म आफ्नो पदमा रहन मनाएको थियो ।

बोर्डले मुख्य प्रशिक्षक पदका लागि मे २७ बेलुकी ६ बजेसम्म आवेदन दिन सकिने जनाएको छ । छनोट प्रक्रियामा आवेदनहरूको विस्तृत समीक्षा, अन्तर्वार्ता र सर्टलिस्ट गरिएका उम्मेद्वारहरूको मूल्याङ्कन समावेश हुनेछ ।

नयाँ मुख्य प्रशिक्षकको कार्यकाल ३.५ वर्षको हुनेछ । यो जुलाई १, २०२४ बाट सुरु हुनेछ र डिसेम्बर ३१, २०२७ मा समाप्त हुनेछ । यसको मतलब, नयाँ मुख्य प्रशिक्षकको नेतृत्वमा टीम इन्डियाले च्याम्पियन्स ट्रफी २०२५, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५ र २०२७, टी–२० विश्वकप २०२६ र एकदिवसीय विश्वकप २०२७ खेल्नेछ ।

यसको मतलब नयाँ प्रशिक्षकसँग तीनवटा सीमित ओभरको विश्वकप र दुईवटा आईसीसी टेस्ट च्याम्पियनसिप जित्ने चुनौति हुनेछ ।

मुख्य प्रशिक्षक पदका लागि आवेदन दिने व्यक्तिले कम्तीमा ३० टेस्ट वा ५० ओडीआई खेलेको हुनुपर्नेछ । वा उनीसँग पूर्ण सदस्य टेस्ट खेल्ने राष्ट्रको मुख्य प्रशिक्षकको रूपमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्दछ । वा आईपीएल टोलीको एसोसिएट सदस्य–हेड कोच वा सो बराबरको अन्तर्राष्ट्रिय लिग/प्रथम श्रेणी टोलीरराष्ट्रिय ए टोलीको प्रशिक्षकको रूपमा कम्तिमा तीन वर्षको अनुभव हुनुपर्छ । वा आवेदकले बीसीसीआई लेभल ३ प्रमाणपत्र वा कुनै पनि बराबरको डिग्री प्राप्त गरेको हुनुपर्छ । आवेदकको उमेर ६० वर्षभन्दा कम हुनुपर्छ ।