२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले आजकै बैठकमा बोल्न पाउनुपर्ने रास्वपाको अडान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुपर्ने माग दोहोर्‍याएको छ ।

मंगलबार सिंहदरबारमा दलका प्रमुख सचेतकहरूसँग सभामुखले गरेको छलफलमा रास्वपाले गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आजकै बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने बताए ।

‘गएको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरता स्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’ प्रमुख सचेतक परियारले भने ।

आज संसद्‌को संयुक्त बैठक बस्दैछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।