४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण रद्द भएको खेलको टिकटको पैसा फिर्ता गर्दै गुजरात



अ+ अ-

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारी वर्षाका कारण आईपीएल २०२४ को ६३औँ खेल रद्द भयो ।

जारी सिजनमा गुजरात टाइटन्सको अन्तिम घरेलु खेल कोलकाता नाइट राइडर्ससँग खेल्ने थियो । तर वर्षाले खेलाडीको मात्रै नभई रंगशालामा उपस्थित दर्शकको पनि आशामा चकनाचुर पारेको छ ।

खेल रद्द भएपछि गुजरात टाइटन्स प्रतियोगिताबाट बाहिरिने तेस्रो टोली बनेको छ । प्रतियोगिताबाट बाहिरिएपछि पनि गुजरात टाइटन्सको टोली आफ्ना फ्यानहरूको मन जित्न सफल भयो ।

गुजरातका प्रमुख अपरेटिङ अफिसर कर्नल अरविन्द सिंहले भने, ‘हामीले मौसमका कारण खेल खेल्न नसकेकोमा धेरै दुःखी छौं । तर, टाइटन्स फ्यान परिवारको अतुलनीय सहयोगको सम्मानमा, हामी सबै टिकट धारकहरूलाई पूर्ण रकम फिर्ता दिनेछौं ।’

टिकट फिर्ताको लागि आफ्नो वैध भौतिक टिकटहरू सुरक्षित राख्नुपर्नेछ । टिकट लिएकालाई टिकटको पूरा रकम फिर्ता गरिनेछ । पेटीएम द्वारा मे १४ मा इमेल र ह्वाट्सएप मार्फत जानकारी साझा गरिनेछ ।