६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म आफ्नो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज (सोमबार) कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि काग्रेस प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य प्रकाशशरण महतले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म आफूहरु पछि नहट्ने बताउनु भयो ।

उहाले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई गम्भीरताको साथ लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अस्तिदेखि हामीले जे राख्दै आएका थियौं, आजको कुरा पनि त्यही हो । संसदीय छानविन समिति बन्नुपर्छ भन्ने हाम्रो बटमलाईन हो ।’ उहाँले भन्नुभयो ‘राष्ट्रपतिज्यूमार्फत सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदैछ भने यसलाई सरकारले कति गम्भीरताको साथ लिएको छ रु विपक्षीले जायज माग राखेको छ ।’

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।