४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने भएको हो । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए ।

निरिक्षणको क्रममा मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखिएको थियो । यसअघि पनि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइनविरुद्ध घरेलु मैदानमा हुनुपर्ने खेल पनि नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नपाइएपछि एएफसीले एन्फालाई न्युट्रल भेन्यू खोज्न भनेको छ ।