१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेनको शपथ समारोहमा लेडी गागाले राष्ट्रियगान गाउने



अ+ अ-

एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् । 

जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । तर, उनको भूमिकाबारे भन्ने केही खुलाइएको छैन ।

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति ट्रम्पलाई हराउँदै बाइडेन निर्वाचित भएका थिए । जो बाइडेनले आगामी जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिँदैछन् ।