• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चेन्नईविरुद्ध राजस्थानले टस जितेर ब्याटिङ रोज्यो



काठमाडौँ । आईपीएलमा आज डबल हेडर खेल हुँदैछन् । आजको पहिलो खेल चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुँदैछ ।

राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टोलीमा ध्रुव जुरेल फर्किएका छन् । उनले पछिल्लो खेल गुमाएका थिए ।

खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम (चेपौक)मा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज चेन्नईको सिजनको १३ औं खेल हुनेछ । टोलीले १२ खेलमध्ये ६ जितेको छ भने ६ मा हारेको छ । टोली अंक तालिकाको चौथो स्थानमा छ ।

राजस्थानको यो १२औँ खेल हुनेछ, ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको टोली १६ अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेर चेन्नईले आफ्नो प्लेअफको आशा जीवित राख्नेछ भने राजस्थान जित निकाल्दै प्लेअफमा पुग्ने छ ।