२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२२ जना संक्रमित थपिदा ३७४ कोरोनामुक्त



अ+ अ-

काठमाडौं । सोमबार ३ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६ जनाको पिसिआर परिक्षणमा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा दुई लाख ६७ हजार छ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ८ सय ६१ छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । कोरोना संक्रमणबाट थप ६ जना को मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ जना रहेको छ ।  हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।