९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपालमा कोभिड १९ को महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वर – १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो । उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा बिर अस्पताललाई हस्तान्तरण गरिएको हो । वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी दिनुभयो ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

हेल्थ डेस्क क्लिनिक(ज्वरो नाप्ने कोठा) ३ लाख ७५ हजार रुपैँयाको लागतमा निर्माण भएको हो । कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।