२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई मुख्यमन्त्री पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश दिएको हो । इजलासले रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले केदार कार्कीले राजीनामा नदिएको तथा विश्वासको मत पनि नलिएका कारण नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखको उक्त आह्वान गर्ने निर्णय, पत्राचार एवं सूचना उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै कार्कीले बिहीबार रिट दायर गर्नुभएको थियो ।

रिटमा संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले पनि परिकल्पना नगरेको दाबी गरिएको छ।