९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।  

बैंकको आईपीओमा हिजो सोमबार साँझसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिइसकेका छन् । १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।   

माघ २ गतेदेखि अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । 

त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।