२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ: परराष्ट्रसचिव अमृतबहादुर राई ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह अदालतबाट एक करोड ५८ लाख जरिवाना ठहर भएका भण्डारी पक्राउ रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।