५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगग्राममार्फत प्राङ्गारिक मल उत्पादन



अ+ अ-

गलकोट । जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ । ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् ।

काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । बागलुङको काठेखोला–७ रेशमा रहेको औद्योगिकग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्राङ्गारिक मल बनाउन थालिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक दर्जन युवाले जङ्गलमा खेर गइरहेको पात, पतिङ्गर र झाडी सङ्कलन गरी पराङ्गारिक मल बनाउन थालिएको छ । पहिलो चरण्मा दुई हजार पाँच सय केजी मल बनाउन थालेका छौँ । उक्त मललाई रेशको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

जङ्गलको झाडी र पतिङ्गर सङ्कलन गरेर औद्योगिक ग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्राङ्गारिक मल बनाउन प्लाष्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आगमी दुईदेखि तीन महिनाभित्र प्राङ्गारिक मल तयार भइसक्नेछ ।

प्राङ्गारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो । आद्यौगिकग्राममा पहिलो उद्योगका रूपमा प्राङ्गारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ ।

उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पुर्याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँमा खेर गइरहेको पतिङ्गरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्राङ्गारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि काठेखोला–७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको जनाएको छ । आवश्यक उपकरण सञ्चालनका लागि विद्युतीकरण गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्याइसकिएकाले बनेका संरचनामा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।

काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि रु ५० करोडको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको औद्यिगिकग्राम भए पनि वडास्तरीय स–साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले प्राङ्गारिक मल बनाउन थालेको औद्योगिकग्राममा चिया प्रशोधनसमेत गरिने बताउनुभयो ।

वडाध्यक्ष लामिछानेका अनुसार अहिले रेशमा ३० हजार चियाका बिरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका बिरुवाले उत्पादन दिन थालिसकेका छन् । जङ्गल सफाइ हुने र जङ्गलको झाडीले मलसमेत बन्ने भएपछि यहाँका किसानलाई उत्पादनसँग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल बनाउन खटिनुभएका स्थानीय भूमिश्वर थापाले बताउनुभयो । उहाँले अस्थायी रूपमा रोजगारी पाएको भन्दै काम सिकेपछि विस्तारै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । युवालाई गाउँमै रोजगारी दिनका लागि औद्योगिकग्रामले ठूलो सहयोग मिल्ने उहाँको भनाइ छ ।

तीन करोड बजेटमध्ये हालसम्म रु दुई करोड कार्यान्वयनमा गइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । औद्योगिकग्राम निर्माणपश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्नेछ । पहिलोपटक उद्योगग्राममा उत्पादन हुने दुई हजार पाँच सय केजी प्राङ्गारिक मल रेशका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिने छ । रासस