१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगग्राममार्फत प्राङ्गारिक मल उत्पादन



अ+ अ-

गलकोट । जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ । ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् ।

काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । बागलुङको काठेखोला–७ रेशमा रहेको औद्योगिकग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्राङ्गारिक मल बनाउन थालिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक दर्जन युवाले जङ्गलमा खेर गइरहेको पात, पतिङ्गर र झाडी सङ्कलन गरी पराङ्गारिक मल बनाउन थालिएको छ । पहिलो चरण्मा दुई हजार पाँच सय केजी मल बनाउन थालेका छौँ । उक्त मललाई रेशको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

जङ्गलको झाडी र पतिङ्गर सङ्कलन गरेर औद्योगिक ग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्राङ्गारिक मल बनाउन प्लाष्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आगमी दुईदेखि तीन महिनाभित्र प्राङ्गारिक मल तयार भइसक्नेछ ।

प्राङ्गारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो । आद्यौगिकग्राममा पहिलो उद्योगका रूपमा प्राङ्गारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ ।

उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पुर्याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँमा खेर गइरहेको पतिङ्गरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्राङ्गारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि काठेखोला–७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको जनाएको छ । आवश्यक उपकरण सञ्चालनका लागि विद्युतीकरण गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्याइसकिएकाले बनेका संरचनामा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।

काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि रु ५० करोडको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको औद्यिगिकग्राम भए पनि वडास्तरीय स–साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले प्राङ्गारिक मल बनाउन थालेको औद्योगिकग्राममा चिया प्रशोधनसमेत गरिने बताउनुभयो ।

वडाध्यक्ष लामिछानेका अनुसार अहिले रेशमा ३० हजार चियाका बिरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका बिरुवाले उत्पादन दिन थालिसकेका छन् । जङ्गल सफाइ हुने र जङ्गलको झाडीले मलसमेत बन्ने भएपछि यहाँका किसानलाई उत्पादनसँग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल बनाउन खटिनुभएका स्थानीय भूमिश्वर थापाले बताउनुभयो । उहाँले अस्थायी रूपमा रोजगारी पाएको भन्दै काम सिकेपछि विस्तारै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । युवालाई गाउँमै रोजगारी दिनका लागि औद्योगिकग्रामले ठूलो सहयोग मिल्ने उहाँको भनाइ छ ।

तीन करोड बजेटमध्ये हालसम्म रु दुई करोड कार्यान्वयनमा गइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । औद्योगिकग्राम निर्माणपश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्नेछ । पहिलोपटक उद्योगग्राममा उत्पादन हुने दुई हजार पाँच सय केजी प्राङ्गारिक मल रेशका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिने छ । रासस