१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर

निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर
अ अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ ।

बुधवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले गरेको एक कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीहरुले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्ने बताएका हुन् ।

उनीहरुले पछिल्लो समय अर्थतन्त्र शिथिल अवस्थामा रहेको भन्दै सरकारले नीतिगत रुपमा सुधारको पहल गर्न आवश्यक रहेको बताए । उद्योगी व्यवसायीहरुले निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले पछिल्लो समय जलविद्युत र पर्यटन क्षेत्र बाहेक अन्य व्यवसायीक क्षेत्र शिथिल रहेको बताउनु भयो । उहाँले यस्तो अवस्थामा अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकारले नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रलाई संरक्षण गर्ने गरी उदारवादी नीति लिनुपर्नेमा जोड दिनुभयो । उहाँले वित्त नीतिमा निजी क्षेत्रलाई सरल सहज बनाउने गरी आउनुपर्ने बताउनु भयो । उहाँले चालु आ.व.मा सरकारले कायम गरेको भन्सारदर उच्च भएको भन्दै आगामी बजेटमार्फत कम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले भन्सार दर कम गरी कारोबार मूल्यलाई मान्यता दिए मात्रै पनि व्यापार व्यवसाय माथि उठ्नसक्ने बताउनु भयो । उहाँले यसले भन्सार नाकामा हुने चोरी,पैठारी पनि कम हुनसक्ने बताउनु भयो । सरकारले भन्सारदर बढाउनु भनेको चोरी पैठारीलाई प्रोत्साहन गर्नु देखिएको उहाँको भनाई छ । अध्यक्ष अग्रवालले सरकारले लिने नीतिहरु संकुचन हुँदा मुलुकको अर्थतन्त्र अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले बैंकको ब्याजदर अझै घटाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले निक्षेपकर्ताहरुको ब्याजदर ६ प्रतिशतमा आएको तर कर्जाको ब्याजदर ११ प्रतिशत रहेको बताउनु भयो । उद्योगी व्यवसायी भनेको अर्थतन्त्रको मुहान भएको भन्दै उद्योगी व्यवसायीहरुको संरक्षण गर्न नसक्दा भविष्यमा बैंकहरु समेत धरासायी हुने अवस्था आउन बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छ । जलविद्युत र पर्यटन क्षेत्र बाहेक अन्य व्यवसायीक क्षेत्र शिथिल रहेको अवस्थामा सरकारले नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रलाई संरक्षण गर्ने गरी उदारवादी नीतिको आवश्यकता छ । वित्त नीतिमा निजी क्षेत्रलाई सरल सहज बनाउनुपर्छ । जसमा चालु आ.व.मा उच्च रुपमा बढाएका भन्सार दरलाई क्रमश कम गर्दै लैजानुपर्छ । ४० प्रतिशतको स्ल्याव हुनुहुँदैन । ३० लाई २०,२० लाई १० र १० लाई ५ गर्नुपर्छ । कारोबार मूल्यलाई मान्यता दिनुपर्छ । यी दुई वटा काम मात्रै सरकारले गर्‍यो भने व्यापार वृद्धि हुन्छ । चोरी पैठारी पनि नियन्त्रण हुन्छ । सरकारले भन्सारदर बढाउनु भनेको चोरी पैठारीलाई प्रोत्साहन दिनु हो । सरकार मूल्यअभिवृद्धि करमा हेरफेर गर्नुपर्छ ।

१३ प्रतिशत मूल्यअभिवृद्धि कर सामाजिक रुपमा पनि न्यायसंगत छैन । आवश्वय वस्तु,कृषि र विलासिताका वस्तुहरुलाई पनि एउटै विश्वमा सामाजिक न्यायको दृष्टिकोणले पनि मिल्दैन । भन्सार दर घटाउने र अन्त:शुल्क दर बढाउने काम गर्नुहुँदैन । आयकरमा व्यक्ति आयकरमा ३९ प्रतिशत रहेको छ । यो अन्त्यत उच्च आयकर हो । यस्ता संकुचन खालका सरकारका नीतिहरु आए भने मुलुकको अर्थतन्त्र अगाडि बढ्न सक्दैन । बैंकको ब्याजदर अझै घटाउनुपर्ने छ । निक्षेपकर्ताहरुको ब्यादर धेरै कम आइसक्यो । ६ प्रतिशत भन्दा बढी निक्षेपकर्ताले ब्यादर पाउँदैन तर कर्जाको ब्याजदर ११ प्रतिशत रहेको छ । उद्योगी व्यवसायी भनेको अर्थतन्त्रको मुहान हो । उद्योगी व्यवसायीहरुको संरक्षण गर्न नसक्दा भविष्यमा बैंकहरु समेत धरासायी हुने अवस्था आउन सक्छ ।’

चेम्बरका नि:र्वतमान अध्यक्ष राजेन्द्र मल्लले उद्योगी व्यवसायीहरुलाई सरकारले दिनुपर्ने सेवा सुविधाहरु समय सापेक्ष नभएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई कार्यान्वयन गरे मात्रै पनि मुलुकको अर्थतन्त्र सबल र स्थायित्व कायम हुने दाबी गर्नुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुको सल्लाह सुझाव लिने तर कार्यान्वयन फितलो हुने गरेको बताउनु भयो । उहाँले विनियोजित विकास बजेट २० प्रतिशत र ८० प्रतिशत चालु खर्च भइरहेको बताउनु भयो । उहाँले सरकारले १० प्रतिशत काम गर्दा ९० प्रतिशत बजेट खर्च गर्ने अवस्था रहेको बताउनु भयो । मल्लले मुलुकमा उत्पादन वृद्धि गरी निर्यात गर्ने विधिमा जानुपर्ने अहिलेको अवश्यकता भएको बताउनु भयो ।

उहाँले सरकारलाई चेम्बरले दिएका सल्लाह,सुझावलाई सरकारले कार्यान्वयन गर्ने काम नगरेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपाल