२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को नतिजासहित रियलले फाइनलको टिकट काटेको हो ।

यसअघि बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन वैकल्पिक खेलाडीका रुपमा अन्तिमतिर मैदान प्रवेश गरेका  होसेलुले दुबै गोल गरे । उनले ८८ औं र ९०+१ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको ६८ औं मिनेटमा अल्फान्सो डेभिसको गोलबाट अग्रता लिएको बायर्नले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुपर्यो ।

रियलले अब उपाधिका लागि बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।