१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भयो –प्रचण्ड



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । 
मंगलबार आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुर्नस्थापित गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताउनुभएको हो ।

उहाँले यस कदमलाई हरमुल्यमा रोक्ने पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताउनुभयो । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उहाँको टिप्पणी छ ।