• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ



एजेन्सी । कसैलाई कुनै पनि उपहार दिनुअघि हामी धेरै सोच्दछौं ताकि हामी सही उपहार छनौट गर्न सक्छौं । यस्तो अवस्थामा यदि तपाईंले वास्तु वा ज्योतिष शास्त्र अनुसार कुनै विशेष व्यक्तिलाई उपहार दिनुभयो भने, यसले अर्को व्यक्तिलाई खुशी मात्र होइन, शुभ फल पनि दिन सक्छ ।

साथै, वास्तु र ज्योतिषमा केही चीजहरू उपहारको रूपमा दिन निषेध गरिएको छ ।

यस्ता चीजहरू उपहार नदिनुहोस्
सामान्यतया मानिसहरुले एकअर्कालाई विभिन्न किसिमका घडीहरु उपहार स्वरुप दिने गर्छन् । तर वास्तुको दृष्टिकोणले यस्तो गर्नु कुनै पनि शुभ मानिदैन । साथै, वास्तु शास्त्रका अनुसार कसैले पनि कसैलाई परफ्युम उपहार दिनु हुँदैन ।

सम्बन्धमा दरार आउन सक्छ
अक्सर मानिसहरु एक अर्कालाई रुमाल उपहार स्वरुप दिन रुचाउँछन् । तर ज्योतिषशास्त्रमा त्यसो गर्नु शुभ मानिएको छैन । यसो गर्दा तपाईको सम्बन्धमा चिसोपन आउन सक्छ । यसका साथै जुत्ता, चप्पल आदि उपहार स्वरुप दिनु पनि राम्रो मानिँदैन ।

गल्तीले पनि यो उपहार नदिनुहोस्
महाभारत पौराणिक ग्रन्थ भए पनि यसलाई घरमा राख्नाले नकारात्मकताको वातावरण बन्ने विश्वास गरिन्छ । जसका कारण झगडाको अवस्था सिर्जना हुन थाल्छ । यस्तो अवस्थामा महाभारत काव्य कसैलाई पनि उपहारस्वरूप दिनु हुँदैन । यसो गर्दा ती व्यक्तिसँगको सम्बन्ध बिग्रन सक्छ ।

यस्ता लुगा उपहार नदिनुहोस्
धेरैले एकअर्कालाई कपडा उपहार दिन्छन् । तर जब तपाइँ कसैलाई कपडा उपहार दिनुहुन्छ, ध्यान राख्नुहोस् कि कालो रंगको कपडा कहिल्यै उपहारमा दिनुहुँदैन । किनभने कालो रंगलाई अशुभको प्रतीक मानिन्छ ।