• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड

पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित



काठमाडौँ । समाजसेवी तथा पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमी सम्मान २०८० बाट सम्मानित हुनु भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले शाहलाई सम्मान गर्नुभयो ।

समाजसेवा तथा पर्यटन व्यवसायमार्फत शाहले मुलुकमा पुऱ्याउनु भएको योगदान अतुलनिय भएको भन्दै सम्मान गरिएको विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले जनाएको छ ।

सम्मानमा भनिएको छ – ‘समाजसेवा तथा पर्यटन व्यवसायमार्फत यहाँले मुलुकमा पुऱ्याउनु भएको योगदान अतुलनिय छ । समाजका विभिन्न क्षेत्रमा आर्थिक र भौतिक रुपमा यहाँले विशेष सहयोग पुयाउँदै आउनुभएको छ । यस क्षेत्रमा मन वचन र कर्मले आजसम्म पुऱ्याउँदै आउनुभएको अवदानको हामी मुग्धकण्ठले प्रशंसा गर्दछौ । यहाँको सृजनशील सामाजिक एवम् व्यवसायीक कार्य अझ ऊर्जाशील र प्रेरणादायक बनोस् भन्ने कामनाका साथ समग्रमा यहाँको व्यक्तित्वको उच्च मूल्याङ्कन गर्दै चौथो हिमालयन इन्टरनेशनल अवार्डको यो विशेष समारोहमा श्रद्धा ‘हिमालयन युवा उद्यमी सम्मान (२०८०) ले सुशोभित गर्दछौं । आगामी दिनमा यस क्षेत्रमा यहाँको अझ बढी सक्रियता रहोस् भन्ने कामना गर्दछौं ।’