• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल शुरू गर्नुभएको छ ।

संसद्‌को बर्खे अधिवेशनअघि सभामुखले आह्वान गर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरूसँग सिंहदरबारमा छलफल शुरु भएको हो ।

छलफलमा प्रधानमन्त्रीसहित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका प्रमुख सचेतक पनि सहभागी छन् ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय