• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष



एजेन्सी । सोनम कपुरसँगको फिल्म ‘राँझना’ मार्फत दक्षिण र उत्तरतर्फ तारिफ प्राप्त गरेका अभिनेता धनुषको कलालाई उनका फ्यानहरुले निकै रुचाएका छन् । धनुषले बक्स अफिसमा राम्रो कमाई गर्नुका साथै गायनमा पनि आफ्नो प्रतिभा देखाएका छन् ।

गत वर्ष उनको फिल्म ‘क्याप्टेन मिलर’ रिलिज भएको थियो । यो चलचित्रले टिकट विन्डोमा खासै केही गर्न सकेन । तर अब धनुष आफ्ना फ्यानका लागि उत्कृष्ट सामग्री लिएर कमब्याक गर्न लागेका छन् ।

शेखर कमलाको निर्देशनमा बन्न लागेको ‘कुबेर’का लागि धनुष निकै मेहनत गरिरहेका छन् । यो अभिनेताको सबैभन्दा प्रतिक्षित चलचित्र मध्ये एक हो । केही दिन अघि उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको थियो, जसले मानिसहरुको ध्यान तान्यो ।

कुबेर सबैभन्दा धनी हिन्दू देवताको नाम हो । तर, फिल्ममा देखाइएको लुक्समा धनुष भिखारीको रुपमा देखिएका छन् । अब अभिनेताको बारेमा एक अपडेट बाहिर आएको छ।

घण्टौंसम्म फोहोरको थुप्रो अगाडि उभिए धनुष
‘कुबेर’ मा धनुष भिखारीको भूमिकामा देखिनेछन् । फिल्मसँग सम्बन्धित एक दृश्यका लागि उनी घण्टौंसम्म फोहोरको थुप्रोको अगाडि उभिए । पिंकभिलाको रिपोर्टका अनुसार अभिनेताले मुम्बईको फोहोरको थुप्रोमा करिब १० घण्टासम्म शूटिङ गरेका थिए । उनले यो दृश्य बिना कुनै हिचकिचाहट र मास्क नलगाई खिचेका थिए । अभिनेताको समर्पण देखेर निर्देशक छक्क परे ।

फिल्ममा धनुषका अलावा रश्मिका मन्दाना र नागार्जुन अक्किनेनीको मुख्य भूमिका रहनेछ ।