२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सासंदको टाउको गन्दै आफ्नो लागी मात्र पद खोज्दै हिँड्नु तानाशाही प्रवृत्ति रहेको बताएकी छन् ।

संघिय संसद् अघिको तस्बिर राख्दै उनले कवितामार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रन्जिताले लेखेकी छन्:

तानाशाही प्रवृती
सांसदको टाउको देखाई घरी उपप्रधान
घरी गठबन्धनलाई धम्काई प्रधानमन्त्री
सासंदको टाउको गन्दै आफ्नोलागी मात्र पद खोज्दै हिड्नु
सासंदको टाउको गन्दै मोल मोलाई गरेर आफ्नै सासंदलाई बेच्दै हिड्नुको नतिजा

घरी जापानी ऐन मा बेच
घरी अमेरिकी डलरमा

जय नागरिक

यसैबीच, नाउपा संरक्षक नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा समेत दर्ता गरेका छन् । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।