२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सासंदको टाउको गन्दै आफ्नो लागी मात्र पद खोज्दै हिँड्नु तानाशाही प्रवृत्ति रहेको बताएकी छन् ।

संघिय संसद् अघिको तस्बिर राख्दै उनले कवितामार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रन्जिताले लेखेकी छन्:

तानाशाही प्रवृती
सांसदको टाउको देखाई घरी उपप्रधान
घरी गठबन्धनलाई धम्काई प्रधानमन्त्री
सासंदको टाउको गन्दै आफ्नोलागी मात्र पद खोज्दै हिड्नु
सासंदको टाउको गन्दै मोल मोलाई गरेर आफ्नै सासंदलाई बेच्दै हिड्नुको नतिजा

घरी जापानी ऐन मा बेच
घरी अमेरिकी डलरमा

जय नागरिक

यसैबीच, नाउपा संरक्षक नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा समेत दर्ता गरेका छन् । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।