२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ
अ अ+ अ-

काठमाडौं । नेपाली शान्ति सैनिकहरुले मध्यपुर्वी राष्ट्र सिरिया माउण्ट हर्मनको २० फिटको हिउँ र माईनस २० डिग्री सेन्टिग्रेडमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । संयुक्त राष्ट्र संघको अन्तर्गत रहेर मध्यपुर्वी राष्ट्र सिरियाको अति संवेदनशिल ठाउँ चिसो कठ्याङ्ग्रिदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गरेको हो। 

यस क्षेत्रको स्वामित्वको बिषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएको हो । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा बिद्युतिय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समुहहरुको चलखेल पनि बढी नै हुने गर्दछ । 

करिब ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्ग स्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भुगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त ईलाकामा हिंउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ । 

नेपाली शान्ति सैनिकहरुले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित मिशनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति हुनु भई आफ्नो कार्यभार पुरा गरिसक्नु भएको छ । त्यस्तै रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत हुनुहुन्छ ।    

नेपाली शान्ति सैनिकको सबैभन्दा ठुलो उपस्थिती रहेको उक्त मिशनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्धन्द्धको कारण बिद्रोहीहरुबाट क्षति पुर्‍याईएका शान्ति सैनिकहरुको व्यारेक संरचनाहरु पुनस्निर्माण र व्यारेक स्थानहरुको सुरक्षा मजवुत बनाउन नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ ।

नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनियताको कारण मिशनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्र संघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुंदै आईरहेको छ ।