• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ



काठमाडौं । नेपाली शान्ति सैनिकहरुले मध्यपुर्वी राष्ट्र सिरिया माउण्ट हर्मनको २० फिटको हिउँ र माईनस २० डिग्री सेन्टिग्रेडमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । संयुक्त राष्ट्र संघको अन्तर्गत रहेर मध्यपुर्वी राष्ट्र सिरियाको अति संवेदनशिल ठाउँ चिसो कठ्याङ्ग्रिदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गरेको हो। 

यस क्षेत्रको स्वामित्वको बिषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएको हो । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा बिद्युतिय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समुहहरुको चलखेल पनि बढी नै हुने गर्दछ । 

करिब ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्ग स्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भुगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त ईलाकामा हिंउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ । 

नेपाली शान्ति सैनिकहरुले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित मिशनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति हुनु भई आफ्नो कार्यभार पुरा गरिसक्नु भएको छ । त्यस्तै रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत हुनुहुन्छ ।    

नेपाली शान्ति सैनिकको सबैभन्दा ठुलो उपस्थिती रहेको उक्त मिशनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्धन्द्धको कारण बिद्रोहीहरुबाट क्षति पुर्‍याईएका शान्ति सैनिकहरुको व्यारेक संरचनाहरु पुनस्निर्माण र व्यारेक स्थानहरुको सुरक्षा मजवुत बनाउन नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ ।

नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनियताको कारण मिशनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्र संघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुंदै आईरहेको छ ।