२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

जसपा विभाजन : गठबन्धन बलियो बन्यो कि कमजोर ?

माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने चाहनामा ठूलो धक्का

जसपा विभाजन : गठबन्धन बलियो बन्यो कि कमजोर ?
अ अ+ अ-

काडमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजित भएपछि सत्ता गठबन्धन कमजोर बन्यो कि बलियो ? यसको स्वाभाविक उत्तर हुने छ– कमजोर । तर जसपा विभाजित भएपछि गठबन्धन झन् बलियो देखिएको छ ।

प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) अचानक विभाजित भएपछि यो सरकारलाई बहुमत पुग्दैन र नयाँ गठबन्धन बन्छ भन्छ भन्ने अनुमान धेरैको थियो । तर यही गठबन्धन बलियो बनाउन जसपा विभाजित भएको पुष्टि भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको सरकारलाई जोगाउन र माधव नेपालले गरिरहेको प्रधानमन्त्री बन्ने कसरतलाई असफल बनाउन जसपामा विभाजन गरिएको तथ्य खुलेको हो । जबकी जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा छन् । उनी आउनुअघि नै जसपा विभाजित गरेर गठबन्धनलाई बलियो बनाइएको हो ।

स्वदेश फर्केपछि अध्यक्ष यादवले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने र माधव नेपाललाई बहुमत पुर्याउन सघाउने प्रधानमन्त्री दाहालद र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डर थियो । जबकि यादव पनि दाहाल सरकारकै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् ।

तर वैकल्पिक गठबन्धन बनाउने कसरतमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिँदै उपेन्द्र यादव आफू पनि प्रधानमन्त्री बन्ने लाइनमा उभिएका थिए ।

सरकार हुँदा हुँदै सरकारविरोधी काममा सक्रिय भएको पुष्टि भएपछि दाहाल र ओलीले दल नै विभाजित गराइदिएका हुन् ।
अब उपेन्द्र यादवले अर्को गठबन्धनलाई सघाएमा अब उनीसँग १२ को साटो पाँचजना सांसद मात्र रहनेछन् । बाँकी ८ जनाले भने दाहाल सरकारलाई नै साथ दिने छन् । यो विभाजन दाहाल नेतृत्वको सरकारलाई ढाल्नका लागि नभई जोगाउनका लागि भएको देखिएको छ ।

अशोक राईको नेतृत्वमा ७ सांसदले गरेको दल विभाजनमा बहालवाला वनमन्त्री नवलकिशोर साह सुडीसमेत छन् । उनी सरकारकै बस्ने चाहनाका कारण पार्टी विभाजनमा सहभागी भएका हुन् ।

अब दाहाल नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत खसेको थियो । माधव नेपालको पार्टीले समर्थन झिक्दा सरकारको मत १४७ हुन जान्थ्यो । यसमा जसपाका १२ सांसद सरकारबाट बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकारलाई १३५ जनाको मात्र समर्थन रहन गई अल्पमतमा पर्ने र ढल्ने डर थियो । तर यो डर हटाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको पहलमा जसपा विभाजित भयो । जसपाका ७ जना सांसदलाई आफ्नो पक्षमा ल्याएप्छि १ सय ४२ सांसद सरकारको पक्षमा हुने छन् ।