• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

जसपा विभाजन : गठबन्धन बलियो बन्यो कि कमजोर ?



काडमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजित भएपछि सत्ता गठबन्धन कमजोर बन्यो कि बलियो ? यसको स्वाभाविक उत्तर हुने छ– कमजोर । तर जसपा विभाजित भएपछि गठबन्धन झन् बलियो देखिएको छ ।

प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) अचानक विभाजित भएपछि यो सरकारलाई बहुमत पुग्दैन र नयाँ गठबन्धन बन्छ भन्छ भन्ने अनुमान धेरैको थियो । तर यही गठबन्धन बलियो बनाउन जसपा विभाजित भएको पुष्टि भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको सरकारलाई जोगाउन र माधव नेपालले गरिरहेको प्रधानमन्त्री बन्ने कसरतलाई असफल बनाउन जसपामा विभाजन गरिएको तथ्य खुलेको हो । जबकी जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा छन् । उनी आउनुअघि नै जसपा विभाजित गरेर गठबन्धनलाई बलियो बनाइएको हो ।

स्वदेश फर्केपछि अध्यक्ष यादवले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने र माधव नेपाललाई बहुमत पुर्याउन सघाउने प्रधानमन्त्री दाहालद र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डर थियो । जबकि यादव पनि दाहाल सरकारकै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् ।

तर वैकल्पिक गठबन्धन बनाउने कसरतमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिँदै उपेन्द्र यादव आफू पनि प्रधानमन्त्री बन्ने लाइनमा उभिएका थिए ।

सरकार हुँदा हुँदै सरकारविरोधी काममा सक्रिय भएको पुष्टि भएपछि दाहाल र ओलीले दल नै विभाजित गराइदिएका हुन् ।
अब उपेन्द्र यादवले अर्को गठबन्धनलाई सघाएमा अब उनीसँग १२ को साटो पाँचजना सांसद मात्र रहनेछन् । बाँकी ८ जनाले भने दाहाल सरकारलाई नै साथ दिने छन् । यो विभाजन दाहाल नेतृत्वको सरकारलाई ढाल्नका लागि नभई जोगाउनका लागि भएको देखिएको छ ।

अशोक राईको नेतृत्वमा ७ सांसदले गरेको दल विभाजनमा बहालवाला वनमन्त्री नवलकिशोर साह सुडीसमेत छन् । उनी सरकारकै बस्ने चाहनाका कारण पार्टी विभाजनमा सहभागी भएका हुन् ।

अब दाहाल नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत खसेको थियो । माधव नेपालको पार्टीले समर्थन झिक्दा सरकारको मत १४७ हुन जान्थ्यो । यसमा जसपाका १२ सांसद सरकारबाट बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकारलाई १३५ जनाको मात्र समर्थन रहन गई अल्पमतमा पर्ने र ढल्ने डर थियो । तर यो डर हटाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको पहलमा जसपा विभाजित भयो । जसपाका ७ जना सांसदलाई आफ्नो पक्षमा ल्याएप्छि १ सय ४२ सांसद सरकारको पक्षमा हुने छन् ।