• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास ★   भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै ★   घरका मठमा तुलसीको दल राखिँदै ★   मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने ★   मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटोफिचर)



काठमाडौं : काठमाडौं उपत्यका अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरुप छ । व्यवस्थित बसोवास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।

पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ ।

न्युनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ ।

तर मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन । हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरु आजको फोटो फिचरमा ।