२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

राष्ट्रपति-प्रधानमन्त्री भेट : स्थानीय तहको निर्वाचनबारे राष्ट्रपतिको चासो

राष्ट्रपति-प्रधानमन्त्री भेट : स्थानीय तहको निर्वाचनबारे राष्ट्रपतिको चासो
अ अ+ अ-

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार दिउसो ३ बजे शीतलनिवास पुग्नुभएको थियो । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनका बारेमा चासो राख्नुभएको शीतल निवास स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएका कारण आवधिक निर्वाचनहरु तोकिएकै समयमा गर्दा उपयुक्त हुने सुझाव दिनुभएको समाचार स्रोतले बतायो । यसैगरी त्यस भेटका क्रममा ओमिक्रोन संक्रमणको पछिल्लो अवस्था रोकथाम र सरकारले गरेका प्रयासका साथै नागरिकहरुलाई गरिएको खोपको व्यवस्थाका बारेमा पनि प्रधानमन्त्रीसँग राष्ट्रपतिले चासो राख्नु भएको थियो। प्रधानमन्त्री देउवाले पनि आमिक्रोनको अबस्था र सरकारले नियन्त्रणका लागि गरेका प्रयासका साथै खोपको बारेमा जानकारी गराउनु भएको थियो ।

निर्वाचनका विषयमा भने प्रधानमन्त्रीले आफू पनि आवधिक निर्वाचनकै पक्षमा रहेको र भोलि नै काँग्रेसको बैठक बोलाएकाले यस विषयमा आवश्यक र कानुनसम्मत निर्णय गर्ने जानकारी गराउनुभएको थियो ।