• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित)



काठमाडौं । अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टि–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरेको हो । विश्वकप जुन २ देखि २९ सम्म हुने ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत सहभागी थिए । नेपाली टोली भोलि राति वेस्टइन्डिज जानेछ ।

नेपाली टोलीको कप्तान रोहित पौडेल छन् । पौडेलले १० वर्षपछि विश्वकप खेल्न लागेकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट तयारी गरेको बताए ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले पनि नेपालका लागि योगदान दिन पाउँदा खुसी लागेको बताए ।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नेपाल समूह डीमा छ ।

नेपालले अहिले कहिले कोसँग खेल्छ त ?

४ जुन : नेपालविरुद्ध नेदरल्यान्ड्स

१२ जुन : नेपालविरुद्ध श्रीलंका

१५ जुन : नेपालविरुद्ध दक्षिण अफ्रिका

१७ जुन : नेपालविरुद्ध बंगलादेश