२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान



अ+ अ-

एजेन्सी । राजस्थान रोयल्सका अनुभवी लेग स्पिनर युजवेन्द्र चहलले बिहीबार सनराइजर्स हैदरावादविरुद्ध आफ्नो आईपीएल इतिहासकै सबैभन्दा महँगो बलिङ स्पेल गरे ।

आईपीएलको ५० औं खेलमा चहलले आफ्नो ४ ओभरको स्पेलमा ६२ रन दिँदै एक विकेट पनि लिन सकेनन् ।

चहलले चालु सिजनमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए तर सनराइजर्स हैदरावादका ब्याट्सम्यानले उनलाई समस्यामा पारे । ट्राभिस हेड, नितिश रेड्डी र हेनरिक क्लासेनले चहललाई चुटेका थिए । चहलले पहिलो ओभरमा ७ रन मात्र दिए पनि अर्को ओभरमा १८ रन खर्चे । त्यसपछि चहलको तेस्रो ओभरमा २१ रन खर्चिए । चहलको स्पेलको अन्तिम ओभरमा १६ रन बनेका थिए ।

यो महँगो स्पेलसँगै युजवेन्द्र चहलले आफ्नो नाममा अनावश्यक कीर्तिमान दर्ता गरेका छन् । चहल आईपीएल इतिहासमा आफ्नो स्पेलमा दुई पटक ६ वा सोभन्दा बढी छक्का खाने पहिलो बलर बने । यसअघि सन् २०१५ मा चहलको स्पेलमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले ६ वा सोभन्दा बढी छक्का प्रहार गरेका थिए । त्यसबेला उनी रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा थिए ।

चहल हालै सन् २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा छनोट भएका थिए र त्यसपछि उनको प्रदर्शनमा गिरावट आएको थियो । चहल आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १५५ खेलमा २०० विकेट लिएका छन् ।

खेलको कुरा गर्ने हो भने राजस्थान रोयल्सले १ रनले रोमाञ्चक हार बेहोरेको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा रोयल्सको टोलीले २० ओभरमा सात विकेट गुमाएर २०० रन बनाउन सक्यो ।

 




भर्खरै