२६ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे आवाज उठाउने भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने



अ+ अ-

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ । एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ ।

यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन् ।