१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ?



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ । पार्टी कार्यालयम च:मतिमा अपराह्न साढे चार बजे बैठक बस्ने तय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको समीक्षा गर्न आज सचिवालय बैठक बोलाएको हो । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो ।

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपा मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत मात्र पाएका थिए ।

रास्वपाको आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गते आह्वान भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा पार्टी सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्ना देखिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो । उसले संसद् अवरोधसमेत गरेको थियो ।

संसद्को आउँदो अधिवेशनमा पनि कांग्रेसले यही माग राख्न तयारी गरेको छ । रास्वपाको बैठकमा यसबारे पनि छलफल हुनेछ ।

बजेट अधिवेशनलाई प्रभावकारी बनाउन रास्वपाले यही वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।