४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३३६ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहिबार देशभर ३३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३० जनाको पिसिआर परिक्षणमा ३३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको जनाएको छ।