२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पहुँचको भरमा माफी मिनाहा हुँदैन: गृहमन्त्री लामिछाने



अ+ अ-

रुपन्देही । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा नहुने बताएका छन् ।

बिहीबार बाँकेको बैजनाथमा क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले दलका नेतालाई या प्रहरीलाई भनेर माफी मिनाहा गराउने परिपाटी सदैका लाग बन्द हुने जनाएका हुन् ।

राम्रो आचरण हुने कैदीबन्दीहरुलाई कानून बमोजिम माफी मिनाहा हुने बताउदै उनले कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।

यस्तै, गृहमन्त्री लामिछानेले कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनाको विषयमा सरकार संवेदनशील रहेको बताए ।