• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी



एजेन्सी । इंग्ल्याण्डका पूर्व कप्तान माइकल भानले आगामी टी–२० विश्वकपका लागि चार सेमिफाइनल टोली छनोट गरेका छन् ।

भानले छनोट गरेको टोलीमा भारत परेको छैन । टी–२० विश्वकप २०२४ जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

माइकल भानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टी–२० विश्वकपका चार सेमिफाइनलको भविष्यवाणी गरेका छन् ।

उनले इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सेमिफाइनल पुग्ने भविष्यवाणी गरेका हुन् ।