• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित भएको हो । योसँगै सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता बनाएको छ ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै अलआउट भयो ।

नेपालका लागि करण केसी र लोकेश बमले २८–२८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल शाहले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिज ए का हाइडेन वाल्सले ३, गुदाकेश मोतीले २ म्याथ्यु फोर्डे र फाबियन एलेन र ओवेड म्याककोइले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो । उसका लागि जोनसन चाल्र्सले शतकीय इनिङ्स खेले । उनी ६१ बलमा ११९ रनमा नटआउट रहे ।

यस्तै, किमो पल ७ बलमा १३ रनसहित अविजित रहे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै, फाबियन एलेनले १९, एलिक अथान्जेले १७ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ४ ओभरमा ५४ रन खर्चेर एक विकेट लिए । सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर एक विकेट लिए ।