२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी’



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताउनुभयो । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै उहाँले मजदुर वर्गको अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमजीवीलाई शुभकामना दिनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा नीति निर्माणमा श्रमिक वर्गको सहभागितासहित सबै प्रकारका विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । समाजको क्रान्तिकारी रूपान्तरणका लागि सबै प्रकारका विभेद्, शोषण, दमन र अन्यायसँग जुधेर श्रमजीवी वर्गको हितको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ ।”