१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

मौरिसससँगको खेलमा जित हात पारे श्रेय खेलाडीलाई, हारे म जिम्मेवारः मुख्य प्रशिक्षक

मौरिसससँगको खेलमा जित हात पारे श्रेय खेलाडीलाई, हारे म जिम्मेवारः मुख्य प्रशिक्षक
अ अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताउनुभएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको हो । 

नेपालले पहिलोपटक अफ्रिकी राष्ट्र मौरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिबार र मङ्गलबार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मौरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि बुधबार नेपाल आइपुगेका हुन् । प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गर्नुभएको हो । उहाँले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताउनुभएको थियो ।

छनोट हुने ३४ सदस्यीय टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी र टिकेन्द्र थापा छन् भने डिफेन्डरमा अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नवीन गुरुङ र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डरमा आकाश बुढामगर, एरिक विष्ट, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ र प्रशान्त अवस्थी रहेका छन् । फरवार्डमा आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल र सुशील राई छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छुन्जु र जगजित श्रेष्ठलाई छनोट गर्नुभएको छ ।

त्यसैगरी दोस्रो मैत्रीपूर्ण खेलका किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङलाई छनोट गर्नुभएको छ ।