• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपालले टस हार्यो, पहिला फिल्डिङ​ गर्ने



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’सँगको टी–२० शृङखला अन्तर्गतको तेस्रो खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर वेस्ट इन्डिजका कप्तान रोश्टन चेशले ब्याटिङ रोजेका हुन् ।

आज नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । आज कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई विश्राम दिइएको छ ।

नेपालको प्लेइङ ११:

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।