• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ



काठमाडौं । नेकपा एमालेबाट इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जितपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले इलामका जनताले सुवास नेम्वाङप्रति जुन भरोसा गरेका थिए त्यसलाई आफूले टुट्न नदिने बताउनुभयो । अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्वाङले बताउनुभयो । अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उहाँहरूको सल्लाह र आसिरवाद लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मतदाताको शीर नझुक्ने गरी काम गर्ने बाचा गर्नुभयो । ‘इमान र निष्ठा पूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उहाँले भन्नुभयो ।

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन आफूले काम गरेर देखाउनु पर्ने बताउनुभयो । आफू सोही हिसाबले अघि बढ्ने उहाँले बताउनुभयो । अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पुरा गर्नुभएको बताउँदै नेम्वाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेम्वाले कुनै जात वा समुदाय विशेषको कुरा गर्ने होइन सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल इन्द्रेणीको रङ्ग जस्तै भएकाले सबै रङ्गको महत्त्व रहेको स्पष्ट पार्नुभयो ।