• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु



ललितपुर । गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका शङ्कर पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

पहरीको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

शङ्करसँगै आगो निभाउने क्रममा रमेश पहरी पनि घाईते भएका थिए । उनको उपचार भईरहेको सुवेदीले जानकारी दिए ।

ललितपुरको लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ नजिकै सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीले जानकारी दिए । साथै, डढेलोमा फसेका १५ जनाको उद्धार पनि गरिएको छ ।