२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् ।

व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए । व्यास–२, ३ र ४ मा घर, मठमन्दिर र पाटी गरी करिब ७५ वटा संरचना भत्किने मुग्लिन–पोखरा पूर्वी सडक योजना पूर्वी खण्डले जनाएको छ ।

मुआब्जा रकम लिएर घर नभत्काएका र मुआब्जाका लागि निवेदनसमेत दिन सहभागी नभएका घरधनीलाई सात दिनभित्र घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको छ । उक्त सडकखण्डअन्तर्गत दमौलीको पूर्वमा बुल्दीखोला र पश्चिममा मादी नदी पुलसम्मको भागमा घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

घर नभत्काउँदा बजार क्षेत्रको विस्तार कार्य अवरुद्ध हुने, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य हुने र जनजीवन प्रभावित हुने गरेको उहाँले बताउनुभयो । “पहिलो चरणमा सडक निर्माण कार्यको म्याद समाप्त भइसकेको छ”, उहाँले भन्नुभयो “पुन: थप भएको म्यादभित्र सडक निर्माण हुन नसके मापदण्डभित्रका २५ मिटर दायाँबायाँ खाली गर्न सम्बन्धित निकायबाट कानुनी प्रक्रिया अघि बढाइने छ ।”

साथै घर भत्काउने घरधनीले नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी नभत्काउनसमेत आग्रह गरिएको छ । सडक क्षेत्र २५ मिटरभित्र पुन: घर विस्तार गर्दा क्षतिपूर्ति प्राप्त गर्ने अवस्था कटौती हुने भएकाले यसतर्फ सचेत रहन समेत नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । रासस