• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते



काठमाडौं । ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका हुन् ।

उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ललितपुरको लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ नजिकै सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीले जानकारी दिए ।