२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो



अ+ अ-

एजेन्सी । बलिउड स्टार शाहरुख खान यतिबेला क्रिकेट मैदानमा देखिन्छन् । उनी आईपीएलको खेलमा आफ्नो टोली केकेआरलाई समर्थन गरिरहेको देखिन्छ ।

यसैबीच, उनले ऋषभ पन्तको कार दुर्घटनाको बारेमा कुरा गरे । शाहरुख आज पनि क्रिकेटरको लागि चिन्तित छन् । उनी आफ्नो छोरा जस्तै रहेको शाहरुखले प्रतिक्रिया दिएका छन् ।

ऋषभ पन्त इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली टिमको कप्तानको रुपमा खेलिरहेका छन् । कार दुर्घटनाबाट निको भएर क्रिकेटरले पुनरागमन गरेका छन् । यस्तो अवस्थामा उनका समर्थकहरु निकै खुसी छन् । यो खुशीमा शाहरुख खान पनि सामेल छन् ।

कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानले हालै स्टार स्पोर्ट्ससँग कुरा गरेका छन् । यसै क्रममा उनले ऋषभ पन्तको कार दुर्घटना देखेर कस्तो महसुस भएको भन्नेबारे बताए । उनले क्रिकेटरको घुँडाको चोटको बारेमा पनि चिन्ता व्यक्त गरे ।

शाहरुख खानले ऋषभ पन्तलाई आफ्नो छोरा जस्तै भनेका छन्, शाहरुखले ऋषभ पन्तको दुर्घटनाग्रस्त कारको तस्बिर देख्दा आफू डराएको पनि बताए । शाहरुखले भने, ‘मैले कारको भिडियो, सीसीटीभी फुटेज हेरेँ, हेरेपछि म डराएँ । के भयो थाहा छैन, यस्तो अवस्थामा धेरै नराम्रा विचार आउँछन् । यो उमेरका केटाहरू मेरा छोराहरू जस्तै छन् । मेरो टिममा पनि यस्ता पन्तजस्ता युवा स्टारहरु धेरै छन् । ऋषभ आफै पनि धेरै युवा छन् ।’

उनले थप भने, ‘मलाई लाग्छ कि उसलाई चोट नलागोस्, किनकि एक खेलाडीका लागि चोट लाग्नु झनै खराब हुन्छ, यो दोहोरो समस्या हो । ऋषभ निको भएको राम्रो छ । मलाई आशा छ उनको घुँडा ठीक हुनेछ । मैले उनलाई नउठ्न भनेको थिएँ, किनभने उनको घुँडामा दुखाइ हुनेछ, ऋषभ फर्किएकोमा म खुसी छु र उसले राम्रो खेल्नेछ ।’