• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ ★   वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: माधव नेपाल (अन्तरवार्ता) ★   तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन

फिल साल्टले तोडे सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान



एजेन्सी । आईपीएल २०२४ को ४७ औं खेलमा सोमबार कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई २१ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्यो । यो जितसँगै केकेआर प्लेअफमा पुग्ने सम्भावना नजिक पुगेको छ ।

इडेन गार्डेनमा भएको खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा केकेआरले १६.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । केकेआरलाई सहज जित दिलाउनको श्रेय ओपनर फिल साल्टलाई जान्छ, जसले ब्याटिङमा आतंम मच्चाए ।

फिल साल्टले दिल्लीविरुद्ध मात्र ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस क्रममा फिल साल्टले पूर्व कप्तान सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान पनि तोडे ।

फिल साल्ट आईपीएल सिजनमा केकेआरका लागि इडेन गार्डेनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । साल्टले चालू सिजन इडेन गार्डेनमा ६ इनिङ्समा ६८.८ को औसत र १८६ को स्ट्राइक रेटमा ३४४ रन बनाएका छन् ।

फिल साल्टले २०१० मा इडेन गार्डेनमा सात इनिङमा ३३१ रन बनाएका सौरभ गांगुलीको कीर्तिमान तोडेका हुन् । यो सूचीमा तेस्रो स्थानमा आन्द्रे रसेल छन्, जसले ७ इनिङ्समा ३११ रन बनाएका छन् । क्रिस लिनले २०१८ सिजनमा ९ इनिङ्समा ३०३ रन बनाएका थिए । गत वर्ष इडेन गार्डेनमा रिंकु सिंहले ७ इनिङ्समा २८० रन बनाएका थिए ।