• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   डा.गोविन्द केसीले अनसन तोडे ★   कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित ★   कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही ★   प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध ★   नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने ★   ‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’ ★   परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’ ★   तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार ★   बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान ★   अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

गण्डकी सरकार: मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज



काठमाडौं । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै कामचलाउ मुख्यमन्त्रीको रूपमा कायम गर्न माग गर्दै पाण्डेले सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।