२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडीको वर्गीकरणः कुन श्रेणीमा को, कति हुन्छ तलब ?



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अभिनाश बोहरा, शरद् भेषवाकर र विनोद भण्डारी छन्। यसैगरी ‘सी’ श्रेणीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन्।

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन्। यस्तै ‘बी’ श्रेणीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे छन्। ‘सी’ श्रेणीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन्। 

वर्गीकरणमा परेका ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्। यसैगरी ‘ए’ श्रेणीका महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीले १२ हजार र ‘सी’ श्रेणीमा परेका खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।