४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलका क्रममा विराट कोहलीले शुभमन गिललाई कुमले हिर्काएपछि…



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा गुजरात टाइटन्सविरुद्ध विराट कोहलीले उत्कृष्ट इनिङ्स खेलेका थिए । रोयल च्यालेन्जर्स बैंगलोरको लक्ष्य पछ्याउने क्रममा कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का सहित अविजित ७० रन बनाए ।

खेलमा शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स ९ विकेटले पराजित भएको थियो । अहिले उक्त म्याचको भिडियो भाइरल भइरहेको छ, जसमा कोहली र गिल झगडा गरिरहेका छन् ।

कोहली र गिलबीचको झगडाको भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियोमा देख्न सकिन्छ कि ब्याटिङ गर्ने क्रममा विराट कोहली फिल्डिङ गरिरहेका शुभमन गिलको नजिक आउँछन् र उनको काँधमा ठोक्छन् ।

यो गिलसँग कोहलीको हास्यास्पद शैली थियो । कोहली र गिलबीच निकै राम्रो सम्बन्ध छ । अक्सर कोहली गिलसँग रमाइलो गरेको देखिन्छ । यसलाई कोहली र गिलको ब्रोमान्स भन्न सकिन्छ ।

विराट कोहलीले आईपीएल २०२४ मा ५०० रन पुरा गरेका छन् । यो अंक छुन्ने उनी पहिलो ब्याट्सम्यान बने । बैंगलोरका पूर्व कप्तानले अहिलेसम्म १० इनिङ्समा ७१.४३ को औसत र १४७.४९ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ५०० रन बनाएका छन् ।