८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 2.57

Humidity: 42

Latest
आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी हिमाली याक चौँरीपालन सङ्कटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीता अम्बानीदेखि काव्या मारनसम्म यी हुन् आईपीएल टोलीका धनी महिला मालिक



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ जारी छ । आईपीएलमा धेरै टिमको ब्रान्ड भ्यालु करोडमा छ । यी टोलीका अर्बपति मालिकहरूले पनि प्रिमियर लिगबाट कमाइ गरिरहेका छन् । आईपीएल टोलीका मालिकहरूमा उद्योगपति, व्यापारी र अभिनेताहरू समावेश छन् ।

तर, क्रिकेटलाई पुरुषको रुचिको खेल मान्नेहरूलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यी धेरै आईपीएल टोली महिलाको स्वामित्वमा छन् ।

महिलाले क्रिकेट खेल्ने मात्र होइन, आईपीएल टिमलाई पनि प्रायोजन गरिरहेका छन् । एक व्यवसायी महिलाको रूपमा, उनीहरुले आईपीएलबाट ठूलो पैसा कमाएर आफ्नो नेटवर्थ बढाइरहेका छन् । यी महिलाहरू प्रायः आईपीएल खेलहरूमा आफ्नो टोलीलाई चियर गरेको देखिन्छ ।

नीता अम्बानी


मुम्बई इन्डियन्स, रिलायन्स इन्डस्ट्रिजकी अध्यक्ष नीता अम्बानीको स्वामित्वमा छ । नीता अम्बानी आईपीएल टिमको सबैभन्दा धनी महिला मालिक हुन् । उनीसँग लगभग २३,१९९ करोड रुपैयाँ सम्पत्ति छ । उनको टोली पाँच पटक च्याम्पियन भइसकेको छ, जसको ब्रान्ड मूल्य ९,९६२ करोड रुपैयाँ छ ।

जुही चावला


जुही चावला कोलकाता नाइट राइडर्सकी सह–मालिक हुन् । जुही चावलाको कुल सम्पत्ति करिब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । कोलकाता नाइट राइडर्स आईपीएलमा दुई पटक च्याम्पियन बनेको छ । टोलीको ब्रान्ड भ्यालु ८,४२८ करोड रुपैयाँ छ जुन आईपीएलको तेस्रो सबैभन्दा मूल्यवान टोली हो । कोलकाता नाइट राइडर्सले जुही चावलाको लगानीलाई थप धनी बनाएको छ ।

काव्या मारन


सनराइजर्स हैदराबादकी मालिक काव्या मारन सन टिभी नेटवर्ककी सीईओ हुन् । काव्या मारन सन ग्रुपका संस्थापक कलानिति मारनकी छोरी हुन् । सनराइजर्स हैदराबादको ब्रान्ड भ्यालु ७,४३२ करोड र काव्याको सम्पत्ति करिब ४०९ करोड रुपैयाँ छ । सन् २०१८ मा, काव्यालाई सनराइजर्स हैदराबादको सीईओको रूपमा नियुक्त गरिएको थियो । प्रारम्भिक शिक्षा चेन्नईबाट गरेकी काव्या मारनले चेन्नईको स्टेला मारिस कलेजबाट कमर्स डिग्री हासिल गरेकी छिन् । पछि लन्डन बिजनेस स्कुलबाट एमबीए गरिन् ।

प्रीति जिन्टा


प्रीति जिन्टा आईपीएल टीम पञ्जाब किंग्सकी सह–मालिक हुन् । प्रीति जिन्टा एक प्रसिद्ध अभिनेत्री, निर्माता र उद्योगपति हुन् । धेरै सफल फिल्ममा काम गरिसकेकी प्रीति जिन्टासँग करिब १८३ करोडको सम्पत्ति छ । जहाँ पञ्जाब किंग्सको ब्रान्ड भ्यालु ७,०८७ करोड रुपैयाँ छ ।