४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाई बारम्बार बिरामी पर्नु हुन्छ ? खान थाल्नुस् यस्ता कुरा



अ+ अ-

काठमाडौं । मानिसहरु आजभोलिको जीवनशैलीका कारण बारम्बार बिरामी परिरहेका हुन्छन् । आधुनिक मानिसहरूको खानपिनको बानी परिवर्तन भएसंगै पाचनप्रणाली नै बिग्रिसकेको छ ।  

पाचन राम्रो बनाउनुछ भने त्रिफला खान थाल्नुस् । यो प्रसिद्ध आयुर्वेदिक उपचार पद्धति हो । अमला, हर्रो र बर्रो मिलेर त्रिफला बन्छ । यसको सेवनले के फाइदा हुन्छ हामी बताउँदैछौं । 

कब्जियत : त्रिफलाले लामो समयदेखि जमेको कब्जियतबाट छुटकारा दिलाउँछ । यसले शरीरको आन्तरिक फोहरलाई बाहिर निकालेर सफा गर्छ । पाचनलाई पनि यसले सुधार गर्छ ।

मेटाबोलिजम वृद्धि : त्रिफला खाँदा मेटाबोलिजम बढ्छ र पाचनतन्त्र सही रहन्छ । राति सुत्नुअघि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या भाग्छन् ।

रगत सफा : त्रिफला चूर्णले खाना पचेपछि बाँकी रहेका अतिरिक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । घरिघरि बिरामी हुने मान्छेले यसको सेवन गर्नुपर्छ ।

एन्टीअक्सिडेन्ट : त्रिफलामा भएको एन्टीअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि लाभदायक छ । यसको सेवन गर्दा अनुहारमा चाउरी पर्न पाउँदैन ।