५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा सुहाङ मतान्तर फराकिलो बनाउँदै, बझाङमा सिंहको झिनो अग्रता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

सुहाङले ९ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४ सय १ मत पाएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यो निर्वाचन क्षेत्रमा १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।

यता बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा छ ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार १ सय ६७ मत पाएका छन् । यस्तै एमालेका दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ३५ मत प्राप्त गरेका छन । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हार ३ सय ९२ मत प्राप्त गरेका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।