• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास



एजेन्सी । हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताएको छ ।

मध्यस्थताकर्ता इजिप्टको एक प्रतिनिधिमण्डल इजरायलमा रहेको र रोकिएको वार्ता सुरु गर्न प्रयासरत रहेको सञ्चारमाध्यममा आएको समाचारको एक दिनपछि हमासले शनिबार गाजा युद्धविरामका लागि इजरायलको पछिल्लो प्रतिप्रस्तावको अध्ययन गरिरहेको जनाएको हो ।

संयुक्त राष्ट्रसङ्घले ठूलो मात्रामा खाद्यान्न सहयोग नआएसम्म आगामी छ हप्ताभित्र गाजामा अनिकालको सीमा नाघ्ने चेतावनी दिएपछि युद्धविराम वार्ताको नयाँ सङ्केत देखिएको हो ।

इजरायलले गाजाको दक्षिणी रफाह शहरमा रहेका हमासका लडाकुमाथि आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकाले गाजाको पहिलेदेखि नै भयावह मानवीय अवस्था अझ भयावह हुने सहायता समूहहरूले बताएका छन् ।

इजिप्टसँगको सिमानामा पर्ने रफाहमा इजरायल र प्यालेष्टिनी इस्लामिक समूह हमासबीच करिब सात महिनादेखि चलेको युद्धका कारण विस्थापित भएका लाखौं प्यालेस्टिनीको भीड लागेको छ ।

“हामी निरन्तर आतङ्कित, बारम्बार विस्थापन र आक्रमणको डरमा बाँचिरहेका छौँ,” उत्तरमा इजरायली आक्रमणबाट भागेर आफ्ना पति र छोराछोरीसहित रफाह आएकी ३० वर्षीया निदा साफीले एएफपीलाई बताउनुभयो ।

उक्त क्षेत्रमा नियमित बमबारी हुने गरेको छ । अस्पतालका अधिकारीका अनुसार रफाह र अन्य स्थानमा भएको हवाई आक्रमणमा शनिबार एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

मृतकमध्ये एक परिवारका सदस्य रहेको उनका आफन्त मोहम्मद युसुफले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ मेरो घरलाई निशाना बनाउँदा बाबु, आमा, एक छोरी र दुई छोराको मृत्यु भयो । कोही पनि बाँकी रहेनन् ।”

युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीसहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।

इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताउनुभएको थियो ।